३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढिपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन्।

हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गरे।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले कर्णाली प्रदेशमा बाढी पहिरोको कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको गम्भीर आरोप समेत लगाए।

‘बाढीपहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नुभयो। आफ्नो क्षेत्र भएको हो कि, अथवा आफ्नो पार्टीले बोलाएर होरु कर्णालीका त मान्छे होइनन्। कर्णालीमा जानु पर्दैनु?’, उनले भने, ‘कर्णाली कस्तो अवस्थामा छु? त्यहाँ कति खाद्यान्न नष्ट भयो, त्यहाँ पनि मान्छे बस्छन्। त्यहाँ पनि विद्यालय छ। त्यहाँ विद्यालय बगाएको छ। त्यहाँ धानखेती यति चौपट् भएको छ। मार्सी धानको बीऊ पाउन मुस्किल भइसक्यो। प्रधानमन्त्रीलाई, अर्थमन्त्रीलाई मैले भने–काठमाडौँ गएर सल्लाह गरौंला रे। त्यहाँ गएर सान्त्वना दिएर आउँदा भईहाल्थ्यो नि। कर्णालीमा जनता नै छैनन् क्या हो?’

सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनी समेत दिए।

प्रकाशित: ७ कार्तिक २०७८ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App