१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ

तस्बिरः भिम चापागाइँ/नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी पीडितलाई भेटेका छन्। केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्।

उनले इलाम र पाँचथर सीमाका स्थानीय र पीडितसँग सल्लाह गरेका छन्। सोही क्रममा प्रधानमन्त्रीले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गरेका छन्। उनले आगामी मन्त्रिपरिषदको बैठकमा पीडितका लागि विशेष राहतको कार्यक्रम ल्याउने बताए।

'काठमाडौं गएर आगामी मन्त्रिपरिषदमा तपाईहरुको लागि दिर्घकालीन राहतको व्यवस्थापन गर्छु', उनले भने, 'सरकार तपाईहरुको साथमा छ।'

बेमाैसमी बाढी पहिरोबाट इलाममा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ३ जना बेपत्ता रहेका छन्।  

यस्तै, पाँचथरमा मृतक संख्या ३० छ भने १४ जना घाइते भएका छन्। साेही क्रममा बाढीपहिरोबाट ४ जना बेपत्ता रहेका छन्।

प्रधानमन्त्रीले इलाम माङ्सेबुङको चिसोपानीमा पनि पीडितसँग पनि भेट गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०७८ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App