६ वैशाख २०८१ बिहीबार
राजनीति

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी दातासँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने विश्वास दिलाएका छन्। उनले बेमौसमी विपद्ले गर्दा धेरै ठूलो क्षति भएकाले गर्दा जसरी पनि राहत प्रदान गर्ने बताए।

‘देशमा भएका स्रोत, साधनको प्रयोग कम भएमा विदेशसँग मागेर भएपनि बाढीपीडितका लागि राहत दिइन्छ,’ प्रधानमन्त्री देउवाले प्रदेश नं. १ का विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतीबारे बुझन आएको बेला आज प्रदेश नं. १ को सशस्त्र प्रहरी बल मुख्यालय इटहरीको पकलीमा आयोजित कार्यक्रममा भने।

देउवाले अहिले विपद् ढोल बजाएर आउने नभई अकास्मात आउने र तत्काल बाढीपहिरोमा परेकाहरूलाई अल्पकालीन रूपका लागि भएपनि काम भइरहेको र काठमाडौं फर्कनसाथ दीर्घकालिन कार्यक्रम घोषणा गर्ने बताए। उनले अविरल वर्षाका  बेला सुरक्षा निकायले उद्दार तथा राहतका लागि पीडितका हितमा गरेको कार्यको पनि प्रसंसा गरे।

प्रधानमन्त्री देउवा सुनसरी र मोरङमा बाढीले पुर्‍याएको क्षतिको विषयमा जानकारी लिएर आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा र  जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि सहभागी छन्।

प्रकाशित: ७ कार्तिक २०७८ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App