१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री यीले नेपाललाई कोरोना भाइरसविरुद्धको थप खोप दिने जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपालका लागि थप २० लाख खोप दिने प्रतिवद्धता जनाएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

करिब एकघन्टा लामो वार्तामा दुई परराष्ट्रमन्त्रीबीच वाणिज्य तथा व्यापार, विकास सहकार्य र सीमा व्यवस्थापनबारे कुराकानी भएको थियो। सो क्रममा उनीहरुबीच विभिन्न विकास परियोजना, चीनबाट बीचमा फर्केका विद्यार्थीको पढाइको निरन्तरता, तातोपानी र रसुवागढीबाट आयात हुने विभिन्न सामानहरुको नियमित आपूर्तिका विषयमा पनि छलफल भएको थियो।

सोही क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल एक चीन नीतिको पक्षमा रहेको जनाउँदै चीनको सहयोगको सराहना गरेका थिए। 

प्रकाशित: २ कार्तिक २०७८ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App