७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वराजाको अभिव्यक्तिप्रति बाबुरामको अक्रोशः भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अक्रोश व्यक्त गरेका छन्। मंगलवार पूर्व राजा ज्ञानेन्द्रले दशैंको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्र बिनाको प्रजातन्त्र सान्दार्भिक नहुने बताएका थिए।

भट्टराईले ट्वीटरमा पूर्वराजाको सन्देशसहितको भिडियो साझा गर्दै भ्रमको खेती भएको र देशलाई पुन:द्वन्द्वमा धकेल्ने उद्देश्यको भएको बताएका छन्। उनले पूर्व राजालाई जनताप्रति अलिकति जिम्मेवारीवोध भए चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने सुझाव समेत दिएका छन्।

'राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुनस्द्वन्दमा धकेल्नु मात्रै हो,' भट्टराईले भने, 'पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ!'

प्रकाशित: २७ आश्विन २०७८ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App