५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेस कपिलवस्तुको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न

कांग्रेसको चौधो महाधिबेशनकोक्रममा नगर र गाउपालिकाको निर्वाचन सम्पन्न भएको छ। जिल्लाको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए। नौ वटा पालिका मध्ये ८ वटामा निर्वाचन भएको छ भने महराजगन्ज नगरपालिकामा सर्वसम्मतरुपमा नगर कार्य समति चयन भएको छ। महाराजगन्ज नगर सभापतिमा पुनः राम अचल कुर्मी निर्विरोध रुपमा चयन भएका छन्।  

कपिलवस्तु नगरपालिकाको नगर अध्यक्षमा खुर्सेद अहमद खा, बाणगंगा नगरपालिका बिष्णु थापा, बुद्धभु्मी नगरपालिकामा माधव दमासे, कृष्णनगर नगरपालिकामा देवानन्द शुक्ला, महराजगंज नगरपालिकामा रामअचल कुर्मी, शिवराज नगरपालिकामा मुधुसुदन पोख्रेल, बिजयनगर गाउँपालिकामा जानकी प्रसाद यादव, शुद्धोदन गाउपालिकामा बिशंभर कुर्मी र मायादेबी गाउपालिकामा शैलेन्द्र दुबे अध्यक्षमा निर्वाचित भएको केन्द्रिय प्रतिनिधि पन्तले बताए।  

उता यशोधरा गाउपालिका– ७ मा वडा अधिबेशन हुन नसके पछि निर्वाचन केही दिनकालागि स्थगित गरिएको केन्द्रिय प्रतिनिधि पन्तले बताए। प्रदेश र संघीय क्षेत्र तथा जिल्ला अधिबेशन दशै पछि हुने बताइएको छ। १० पालिकाको ९६ वडाबाट १७ सय बढी क्षेत्रीय प्रतिनिधि चयन भएर आई सकेका छन। तिनीहरुले नै मत हाल्नेछन्।  

प्रकाशित: १४ आश्विन २०७८ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App