coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सातै सरकारमा हाम्रो सहभागीता रहनेछ: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केन्द्रसहित सातै प्रदेशमा आफ्नो पार्टीको सहभागी रहने बताएका छन्। उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।

बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने बताए। उनले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

अध्यक्ष नेपालले एमसीसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताए। उनले एमसीसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिने बताए।

अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह गरे। उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताए। निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको बताउँदै अध्यक्ष नेपालले अन्याय र अत्याचारको बिरुद्धमा पार्टी दृढतापूर्वक लागि पर्ने पनि बताए।

प्रकाशित: १ आश्विन २०७८ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App