१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डले बोलाए स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका बोलाएको छन्। मंगलबार दिउँसो ३ बजे बस्नेगरि पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाएका हुन्।

सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। यस्तै, असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार पार्न बैठक बस्न लागेको हो।  

साउन ३१ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण तथा वितरण, असोज ३० देखि गाउँपालीका नगरपालिका सम्मेलन र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २९ भाद्र २०७८ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App