३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको सपथ लिँदै

नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेका संसदीय दलको बैठकले आचार्यलाई मुख्यमन्त्रीमा निर्वाचित गरेको हो।

बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेतामा आचार्यलाई प्रस्ताव गरेका थिए। प्रदेश १ मा एकल बहुमत भएको नेकपा एमालेको संसदीय दलको नेतामा आचार्य चयन भएसँगै उनि प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ।  

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाइसकेको र आचार्यले आजै मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने तयरी भइरहेको एमाले स्रोतले जनाएको छ। 

प्रकाशित: १० भाद्र २०७८ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App