७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आफैले बनाएको प्रधानमन्त्री आफूप्रति सकारात्मक नहुँदा समस्या : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले बनाएको प्रधानमन्त्री आफूप्रति नै सकारात्मक नहुँदा विकासमा समस्या आएको बताएका छन्। उनले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लागे पनि त्यसमाथि प्रहार र निषेधको खेल भएको समेत बताए।  

भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को शिलान्यास गर्दै उनले चितवनको विकासका लागि आफू लाग्ने प्रतिवद्धता समेत जनाए। उनले नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाँैडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने सुझाए।  

संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजवाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधनस्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उनको भनाइ छ।

प्रकाशित: ९ भाद्र २०७८ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App