३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। भोलि बिहान ११ बजे बस्ने गरि स्थायी कमिटी बैठक बोलाइएको हो।

बैठकमा पार्टी विभाजनका क्रममा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको पक्षमा नखुलेर बसेका एमालेका तेस्रो धारका नेताहरु पनि सहभागी हुने जनाइएको छ।

नेपाल समूहसँग रहेका तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए। 

उनीहरु सोमबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।

प्रकाशित: ७ भाद्र २०७८ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App