८ वैशाख २०८१ शनिबार
राजनीति

सबै शासक दलमा विदेशी घुसपैठ : बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सबै शासक दलमा विदेशी घुसपैठ भएको खुलासा गरेका छन्। समसामयिक विषयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुराको खुलासा गरेका हुन्। उनले सत्ताको राजनीति गर्ने पार्टीमा लामो समयदेखि विदेशी प्रभाव रहेको र अहिले अझ बढेको बताए।

उनले नेपालमा संसदीय सर्वोच्चताभन्दा न्यायपालिकाको सर्वोच्चता देखिएको समेत उल्लेख गर्दै नेपाली राजनीतिमा कोइराला परिवारलाई भारतसँग र देउवालाई पश्चिमसँग जोड्ने चलन रहेको बताए। कुराकानीको क्रममा उनले समाजमा आमूल परिवर्तनको कुरा गर्नेको बहुमतको आवश्यकता रहेकोमा जोड दिँदै कम्युनिस्ट दाबी गर्दै सरकारमा जाने पार्टी पतन भएको इतिहास रहेको सुनाए।

प्रकाशित: २७ श्रावण २०७८ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App