१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीलाई बाबुराम भट्टराईकाे कटाक्षः सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको!

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेको कुराप्रति सत्तारूढ दल जनता समाज पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कटाक्ष गरेका छन्। 

प्रतिनिधिसभा पुनर्स्थापना पछि पहिलोपटक सभालाई सम्बोधन गरेका ओलीले गठबन्धन बन्नु तथा सरकारका न्यूनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका थिए।

‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको', भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीट गरेका छन्।

उनले अगाडि भने, 'भर्खरै आफ्नो कूकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’

प्रकाशित: २६ श्रावण २०७८ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App