२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमालेको नगर कमिटीको बैठकस्थल तोडफोड भएको छ। बिहीबार उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुन लागेको एमाले उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ।

दिउँसो १ बजे बैठक बोलाइएको र त्यसअघि बिहान बैठक स्थलमा कुर्सी र टेबलको व्यवस्थापन गर्दैगर्दा युवाहरुको एक हुल आएर तोडफोड गरेका हुन्। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सदस्यता नवीकरण र नयाँ नगर कमिटी घोषणा गर्न बैठकको आयोजना गरेको जनाएको छ।  

तोडफोडबाट कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुगेको छ, एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले भने,‘बैठक बिथोल्ने प्रयास स्वरुप तोडफोड गरिएको र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्छु। यो पार्टी विरोधी र विस्तारित बैठक नचाहने तत्वले गरेको हुनुपर्छ।’ पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताले बैठकस्थल तोडफोड गरेको आरोप ओली पक्षका कार्यकर्ता लगाएका छन्।  

माधव नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा हाम्रो पक्षको संलग्नता नरहेको र हाम्रा पक्षका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकेका थियौं। हाम्रो पक्षलाई बदनाम गराउने उद्देश्यले घटनाको आरोप उनीहरुले लगाएका हुन्।  

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले बैठकस्थलमा तोडफोड भएपछि हल बाहिर बैठक सञ्चालन गरेका छन्। बैठकमा नेपाल पक्षधर कोही पनि नेता कार्यकर्ता उपस्थित भएका छैनन्। तोडफोडमा एमाले भ्रातृ संगठन युवा संघ उर्लाबारीका कुमार लिम्बू, एलिन लिम्बूसमेतको संलग्नता देखिएको र उनीहरु दुवै जना घटनापछि फरार भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७८ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App