१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।  

बैठक सुरू भएलगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले असार २२ गतेसम्मका लागि बैठक स्थगित गरेकी हुन्। प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसदको नामै किटेर अमर्यादित अभिव्यक्ति दिएको भन्दै मन्त्रीले माफी माग्नुपर्ने, मनत्रीले राखेको धारणा रेकर्डबाट हटाउनुपर्ने लगायतको माग राखि असार १४ गतेदेखि निरन्तर बैठक स्थगित गर्दै आएको छ। 

प्रदेश १ का भौतिक पूर्वाधारविकास मन्त्री अम्बिरबाबु गुरूङले विनियोजन विधेयकमाथिको  छलफलमा मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ दिनेक्रममा माओवादी सांसद मोहनकुमार खड्काविरुद्ध अमर्यादित टिप्पणी गरेका थिए। माओवादी केन्द्रको अवरोधका कारण प्रदेश १ मा विनियोजन विधेयकमाथिको छलफल नै रोकिएको छ।  

प्रकाशित: २१ असार २०७८ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App