१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री लालबाबु राउत जसपाको संसदीय दलको नेता चयन

जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रमा देखिएकाे विवाद प्रदेश २ मा पनि देखिएको छ। प्रदेश २ का उपेन्द्र यादव पक्षका प्रदेश सांसदहरुले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

प्रदेश सांसद नवलकिशोर शाहका अनुसार ३६ जना प्रदेश सांसदको उपस्थितीमा यादव पक्षका प्रदेश सांसदहरुले राउतलाई चयन गरेका हुन्। यसैक्रममा संसदीय दलको विधान पनि पास गरिएकाे छ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच एकीकरण पश्चात गठन भएको जसपाले लामो समयपछिको अन्तरालमा राउतलाई दलतको नेतामा चयन गरेको हो।  

जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरपक्ष  प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संघीय सरकारमा सामेल भएसंगै जसपाको आन्तरीक राजनीति तातेको छ। बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएसंगै सत्तासमिकरण फेरिने चर्चा छ ।  

संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने राउत पक्षले जानकारी दिएको छ। प्रदेश २ मा पूर्व राजपा २५ जना, जसपाका ३० जना छन्। पूर्व राजपा ६ जना यता आएर ३६ जना भएका हुन्।

प्रकाशित: २३ जेष्ठ २०७८ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App