२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए। सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।  

महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।  

नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए। उनी परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए।

प्रकाशित: १७ जेष्ठ २०७८ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App