७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पत्रकारलाई अदालतमा उपस्थित गराई माफी माग्न लगाउनु खेदजनक: जवाफदेहिता निगरानी समिति

पत्रकारलाई अदालतमा उपस्थित गराई माफी माग्न र समाचारको स्रोत पुष्टि गर्न दबाब दिएकोे घट्नाप्रति जवाफदेहिता निगरानी समितिको ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत तथा ईमेजखबर डटकमका सम्पादक राजन कुईकेललाई सर्वोच्च अदालत रजिष्ट्रारले प्रधानमन्त्री तथा प्रधान न्यायाधीशबीच भएको भेटघाटको सम्बन्धमा प्रकाशित समाचारलाई लिएर जेठ ११ गते अदालतमा उपस्थित गराएको थियो।  

समितिले न्यायालयको सर्वोच्च निकायबाटै जिम्मेवार सञ्चारगृहका सम्पादकलाई सर्वोच्च अदालतका रजिष्ट्रारको कार्यकक्षमा बोलाई गरिएको अशोभनीय ब्यवहार र अनावश्यक दबाब दिएको घटनाप्रति खेद प्रकट गरेको छ।  

समितिका संयोजक चरण प्रसाईले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको एक जिम्मेवार पदाधिकारीबाट समाचार प्रकाशित भएको बिषयलाई लिएर स्थापित विधि तथा प्रकृया अबलम्बन नगर्नु दुःखद मात्र नभएर न्यायालयप्रतिको गरिमा घटाउने समेत उल्लेख गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App