१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेसले भन्योः राष्ट्रपति र प्रधानमन्त्रीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र गरे

नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र गरेको बताएको छ।

राष्ट्रपति कार्यालयले भोलि साँझ ५ बजेसम्ममा नयाँ सरकार गठन गर्नका लागि दलहरुलाई आह्वान गरेपछि तरंगित बनेको पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली काँग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान नै समाप्त पार्न लागेको आरोप लगाए।

समािजक सञ्जालमा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६ को उपधारा ५ लागू गर्नु र सोह अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्र भएको बताए। यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपछि बस्नुहुन्छ कि केवल विद्या भण्डारी बस्नुहुन्छ ? भनी प्रश्न गरेका छन्।

उनले प्रधानमन्त्रीको प्रस्ताव परिपक्प हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? भन्ने थप प्रश्न गर्दै उनले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक रहेको लेखे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत मागेर नपाएको वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपछिे आह्वान गर्नुलाई संवैधानिक कदम भएको बताउँदै ती दुबै अवस्था नभईकन राष्ट्रपतिले धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सकार गठका लागि आह्वान गर्नु असंवैधानिक भएको बताए। उनले भनेका छन्, ‘नयाँ सरकार गठनका लागि राष्ट्रपतिले २४ घन्टाको पनि समयनदिनु भनेको संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र हो।’

उनले २४ घन्टाको पनि समय नदिई सरकार गठनका लागि आह्वान गर्नु संसदलाई विघटन गरी संविधान फाल्ने षयन्त्र भएकोले ७० वर्षको त्यागबाट आएको संविधान जोगाउनका लागि सबैसँग अनुरोध पनि गरेका छन्।

त्यस्तै नेता गगन थापाले विश्वासकोमत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो भन्दै उनले राष्ट्रपति र प्रम दुबैले जानी जानी गरेको हो वा नजानेर ? भन्ने प्रश्न गरेका छन् । उनले राष्ट्रपतिले दिएको समयअघि नै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरी राष्ट्रपतिलाई महा अभियोग लगाउन पनि अनुरोध गरेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ १६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App