८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा विश्वासको मतदान सुरु

प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ। मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका थिए।  

मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ। प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक छ। मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनेछन्, अन्यथा २६६ सांसदले मतजाहेर गर्नेछन्।

नेकपा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ।

प्रकाशित: २७ वैशाख २०७८ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App