coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पृथ्वीसुब्बा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने लगभग निश्चित भइसकेको छ। गुरुङ विरुद्ध विहीबार नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएको छ। कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो।  

‘विहीबार नै मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्छौं,’ कांग्रेसका प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले भने, ‘सबै दलका प्रदेशसभा सदस्यहरुलाई पोखरा बोलाईसकेका छौ।’  अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्ने थापाले बताए।  

गण्डकी प्रदेशसभामा एमालेका २८ (एकजना स्वतन्त्रको समर्थन सहित), कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३ र जसपाका २ जना रहेका छन्। कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पक्काजस्तै भएपछि सदस्य संख्या ३२ पुग्छ। माओवादीका तर्फबाट सभामुख भएकोले मुख्यमन्त्री पृथ्वीसुब्बाको विपक्षमा ३१ जनाको बहुमत पुग्ने भएको छ।  

‘विहीबार नै अविश्वासको प्रस्ताव दर्ता गर्छाै। त्यसमा समस्या छैन,’ थापाले भने, ‘केन्द्रीय राजनीतिको सहमति अनुसार अघि बढ्ने भएकोले अप्ठेरो छैन।’ गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने भएपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय भईसकेको थापाले बताए।  

केन्द्रीय तहमा भएको सहमति अनुसार गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई दिने तयारी छ। केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएको थियो।  

प्रकाशित: २ वैशाख २०७८ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App