२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देशको राजनीतिले कोल्टे फेरेको छ: प्रचण्ड

फाइल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीतिक घटनाक्रमले कोल्टे फेरेको बताएका छन्। शनिबार कपिलवस्तुमा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक घटनाक्रमले कोल्टे फेरेको  बताएका हुन्।  

‘हिजो र आज देशको राजनीतिक घटनाक्रमले अलिकति कोल्टे फेर्यो’, उनले भने, ‘खास गरेर नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्काे सरकार गठनको पहल गर्ने भन्ने निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ।’  

प्रचण्डले आफू नयाँ सरकार गठनको पहल गर्नुपर्ने भए पनि आफू पूर्व निर्धारित कार्यक्रम भएकाले कपिलबस्तु आएको बताए। उनले आफू कार्यक्रमलगत्तै काठमाडौँ फर्कने र नयाँ सरकार गठनका लागि पहल थाल्ने बताए।  

‘साथीहरुलाई मलाई कपिलबस्तु नजानुस् नयाँ सरकारको लागि पहल लिनु पर्छ भन्नु भएको थियो।  कपिलबस्तु म जानुपर्छ । बरु त्यहाँका नेता तथा कार्यकर्तालाई भनेर आउँछु । फर्किए लगत्तै घनिभुत रुपमा नयाँ सरकारको लागि बैठक सुरु गर्छु भनेर आएको हुँ।’  

उनले नयाँ सरकार छिट्टै भन्ने विश्वास दिलाउँदै नेपाली जनतालाई बधाई समेत दिए।  

‘तपाईहरु सबैलाई बधाई भन्न चाहान्छु। सम्भवतः नयाँ सरकार छिट्टै नयाँ सरकार बन्ने छ। नयाँ राजनीतिक परिस्थिति बन्ने छ।’  

प्रकाशित: २१ चैत्र २०७७ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App