८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाऔँः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।  

सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा आज उनले सकारात्क विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताए।    

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिए। समाजका नव निर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार सङ्कलनका क्रममा भएका समस्यालाई सामूहिक रुपमा समाधान गर्नका लागि आफ्नो नेतृत्व सधै तयार रहने प्रतिबद्धता जनाए।  

यही चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो। समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो।  

समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका छन्।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने तथा तस्वीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रहीआएको छ। उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ पत्रकार सदस्य कायम छन्। नवनिर्वाचित सबै पदाधिकारीलाई आज अध्यक्ष तिमिल्सिनाले प्रमाणपत्र प्रदान गरेका छन्।

प्रकाशित: २० चैत्र २०७७ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App