७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई दिनभित्र सिमानाकामा सवारी आवागमन खुल्छः उपप्रम पोखरेल

एक वर्षपछि देशका सबै सीमा नाकामा सबैखाले सवारी आवागम पुर्ववत रुपमा अब संचालनमा आउने भएको छ। उपप्रधानमन्त्री इश्वर पोखरेलले सीमानाकाहरु यातायातसमेत आउने जाने गरी साबिक अवस्थामा दुईदिन भित्र संचालनमा आउने बताएका छन्। पुल्चोक हरिहर भवनस्थित  मन्त्रीनिवासमा वीरगन्जबाट आएको होटल तथा पर्यटन ब्यवसायि संघ र पर्यटन पत्रकारसंघको टोलीको ज्ञापनपत्र बुझदै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताए।  

‘सीमा खोल्नुपर्छ भन्ने बिषयमा हामी हामी पहिलेदेखि सकारात्मक छौं, होटेल ब्यवसायिहरुबाट सीमा बन्दले समस्या भयो भन्ने कुरा आइरहेकै हो, भोलि बिहीवार बस्ने ‘सिसिएमसी’ (केन्द्रिय कोभिड–१९ ब्यवस्थापन केन्द्र)को बैठकबाट यस विषयमा हामी निर्णय गर्ने छौं,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोना भाइरसको संक्रमणको दौरान, बाध्यत्मक अवस्थामा सिमाहरु बन्द गरिएको थियो। अब अवस्था समान्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ।’ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ देखि मन्त्रिपरिषदको निर्णय अनुसार नेपालका सबै अन्तराष्ट्रि सिमानाकाहरु र आवागमन बन्द गरिएको थियो।  

सरकारले पछिल्लो समयमा सीमा नाकामा आवश्यक नियमहरु जारी गरी आवागमन खोले पनि यात्रुवाहक सावारीको आवागमन भने खोलिएको छैन। होटल तथा पर्यटन ब्यवसायि संघ, वीरगन्जका अध्यक्ष हरी पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले भारतीय सीमा खनाका बन्द हुँदा ‘होटेल ब्यववायिहरु एकदमै पीडित भएको’ दु्खेसो पोखेका थिए। उपप्रधानमन्त्री पोखरेलले होटेल तथा पर्यटन ब्यवसायिहरुको समस्याको सम्बोधन हुनेमा बिश्वस्त हुन आग्रह गरे।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साबिक अवस्थामा अन्तर्राष्ट्रिय उडानहरु आउने जाने भइरहेको, नाकाहरुमा मालबाहक सबै प्रकारका गाडिहरु र मानिसहरुको आवतजावत भइरहेको अवस्थामा भारतसँग जोडिएका नाकाहरुबाट सवारी साधनहरु आउन जानमा रोक रहेको कारणले भारतीय पर्यटकका वाहनहरुको आवागमन पनि अवरुद्ध रहेको पन्तले समस्या भएको बताए। ‘६ महिने बन्दाबन्दी करिब डेढ महिनाको कर्फ्यू र लामो निषेधाज्ञाको कारण वीरगंजलगायतको सीमा क्षेत्रमा होटल व्यवसाय थलिएको, भौतिक पूर्बाधारमा भएका बैंकमार्फतको ऋण लागानीको व्याज र किस्ता तिर्न होटल व्यवसायीलाई निकै समस्या भएको छ। भाडामा रहेका होटलहरुले घरबहाल तिर्न नसकेको र वीरगंज क्षेत्रमा होटल व्यवसायमा आश्रित रहेका करिब २ हजार ५ सय जना श्रमजीविहरु आजिविका अहिले संकटमा परेको’ उपप्रधानमन्त्री पोखरेललाई बुझाइएको ज्ञापनत्रमा उल्लेख छ। वीरगन्ज र आसपास क्षेत्रमा होटल तथा पर्यटन सम्बन्ध व्यवसायमा लागेको करिब सवाँ ६ अर्ब रुपैयाँको लागानी जोखिम अवस्थामा पुगेको होटेल ब्यवसायिहरुले जनाएका छन्।  

मातहतलाई निर्देशन गरिने

यसैविच वीरगन्जबाट आएको टोलीले पर्यटन मन्त्री भानुभक्त ढकाललाई समेत भेटेर सीमानाका बन्द भएको कारण होटेल तथा पर्यटन ब्यवसाय थलिएको गुनासो गरेका थिए। मन्त्री ढाकालले यस विषयमा आफुहरु साकारात्मक रहेको बताए। ‘सिसिएमसी’बाट विहिवार निर्णय भएपछि मातहतका सबै निकायहरुलाई आवश्यक निर्देशन पठाइने मन्त्री ढाकालले बताए। छिमेकी मुलुक भारतले भने गत कातिक ५ गतेदेखी आफ्नो सम्पुर्ण सीमानाकाहरु खोलेको छ। कोरोना भाइरसबाट लाग्ने कोभिड –१९ बिमारीको प्रकोप रोकथाम तथा नियनत्रणको लागि भारत सरकारले बन्द गरेको नेपालसहितका सम्पुर्ण सिमानाकाहरु ६ महिना अगाडि नै खोलेको हो। भारतीय गृहमन्त्रालयले एउटा परिपत्र जारी गर्दै सिमानाका र अध्यागमन केन्द्रहरु खोलिएको जनाएको थियो। उक्त परिपत्रमा भारतका सबै एक सय ७ वटा अध्यागमन केन्द्रसगै आइसिपी र ब्यपारिक नाकाहरु खुल्ला गरिएको जनाइएको थियो।

 

प्रकाशित: ४ चैत्र २०७७ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App