२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले र माओवादी ब्यूँताउने सर्वोच्चको फैसला संविधान र कानूनविरुद्ध छ : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर।

प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउनेगरी सर्वोच्चले गरेको फैसला संविधान तथा कानूनविरुद्ध रहेको बताएका छन्।  

'यो फैसलाले रिट निवेदकको मागदावीभन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित विषयमा प्रवेश गरी निर्णय दिएको छ। रिट निवेदकले हामी तात्कालीन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको बारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने विषय पनि होइन,' उनले लेखेका छन्, ‘यो फैसला अस्वभाविक छ, संविधान एवं कानूनविरुद्ध छ, राजनीतिक आग्रह प्रेरित छ र गलत छ। यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ।’

यसबारे थप धारणा बनाउन प्रचण्ड-नेपाल समूहले सोमबार विहान ११ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको श्रेष्ठको भनाई छ।

सर्वोच्च अदालतले आज सत्तारूढ नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको थियो। 

प्रकाशित: २३ फाल्गुन २०७७ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App