२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनगढीमा राजतन्त्र र हिन्दू राज्यको समर्थनमा प्रदर्शन

हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा धनगढीमा निकालिएको र्‍याली । तस्बिरः पुष्पराज जोशी÷नागरिक

राजसंस्था र हिन्दू अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ । धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ स्थानीयले धनगढीमा आज प्रदर्शन गरेका हुन् ।  

राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दू राज्य कायम गरौँ जस्ता नारा लगाउँदै धनगढीको बुद्धचोकबाट सुरु भएको र्‍याली  बजार परिक्रमा गर्दै ट्राफिक चौराहमा पुगेको थियो । हात हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका यूवाहरुले नारा जुलुस लगाउँदै र्‍यालीमा सहभागी भएका थिए ।  

‘सुन्दर सुदूरपश्चिम बासी जनता’को आयोजनामा भएको र्‍यालीले नेपालमा राजसंस्थासहितको हिन्दू राज्य कायम गर्न दबाब पुग्ने बताउँदै आयोजक समितिका ललित जोशीले भने, ‘वर्तमान संविधान अपूरो र यसले मौलिक संस्कृतिलाई अंगिकार नगरेकाले जनदबाब र आन्दोलनबाट वर्तमान व्यवस्थाको विस्थापन गरी नेपालमा राजसंस्थासहितको हिन्दू अधिराज्य कायम गर्नका लागि प्रदर्शन गरेका हौँ ।’  

प्रकाशित: १५ माघ २०७७ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App