७ वैशाख २०८१ शुक्रबार
राजनीति

केपी ओली जस्तो जालझेल गर्न प्रचण्ड र मैले जानेका छैनौं : माधव नेपाल

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओली भस्मासुर भएको आरोप लगाएका छन् । नेता नेपालले भस्मासुरले गर्दा देश आक्रन्त भएको आरोप लगाएका हुन् । उक्त समुहले पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।  

‘केपी ओलीले चुनाव चिन्ह वयलगाडा राखुन । सुर्य चुनाव चिन्ह हाम्रो हो ।’ नेपालले ओलीलाई कटाक्ष गर्दै  भने, ‘उहाँ बा भनेको सुन्न चाहानु हुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न । लालसलाम उहाँले सुन्न चाहानु हुन्न । सिद्धान्तबाट विचलन भएका छन् ।’

‘म प्रचण्डको मामली कर्याकर्ता रे । केपी ओली कहिलेका नेता हुन् ? यो पार्टीलाई १५ वर्ष नेतृत्व माधव नेपाल की केपी ओली ? प्रचण्डसँग ४० बर्ष पहिले भेट भएका थियो । हामी अलक अलक पार्टीवाट भएपनि पञ्चयात विरुद्ध थियौँ’,  नेपालले थपे, ‘केपीओलीले बाटोमा फेलापरेकालाई  समेत केन्द्रीय सदस्य बनाईदिए । निर्वाचन आयोगले फैसाला गरेपछि ति केन्द्रीय सदस्यको विजोक भएको हो ।’  

संसद विघटन भएपछि यो समुहले आयोजना गरेको ठुलो कार्यक्रममा बोल्दै नेपालले केपी ओलीको चर्को आलोचना गरे । राजनीतिक दलहरु, नागरिक समाज, पूर्वन्यायधिश, वकिल सबैले ओलीको कदम असवैधानीक भनिरहेको बताउदै  ओली कदम विरुद्ध जुट्नु आवश्यक रहेको उनको भनाइ छ ।  

‘केपी ओली जाली झेली मान्छे हुन् । उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ । साईवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन् । कस्ता–कस्ता तानासाहि सामाना गरेर आयौँ । हामी डराउदैनौँ’, नेपालले भने ‘केपीओलीमा निरङकुश शासकको चरीत्र छ । जबज बारे केपीओलीलाई केहि थाहा छैन् । उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नाम लिन पाउनु हुन्न । ओलीमा कम्युनिष्ट सोच नै छैन् ।’

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले केपीओली प्रवृत्ति विरुद्ध लड्नु परेको बताए । उनले कम्यनिष्ट आन्दोललाई पुनर गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए । ‘आन्दोलन र संगठनको पुनगर्ठनसँगसगै लैजानु पर्ने आवश्यकता छ । नेपालको राजनीतिक आन्दोलनमा गम्भीर प्रश्न उठेको छ । समाजवादको बाटोमा ओली इमान्दर बनेन्’ शर्माले भने ‘ससदको रोष्टममा विदेशीहरुलाई अनावश्क उत्तेजीत गराउने गरी चर्का चर्का भाषण त गर्नु भयो । त्यसको पछाडिको रहस्य उहाँले आत्मासर्पण गरेर राष्ट्रिय स्वाधिनतामाथि ठुलो षडयन्त्र गर्नु भएको छ । जनताको जनमतलाई घात गरीएको छ ।’ अधिकारनै नभएको काम ओलीले गरेको भनाई थियो । शान्तीपूर्ण आन्दोलबाट प्रतिगमनलाई सच्याउछौँ ।  

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संसद विघटन गर्ने, कम्युनिस्ट आन्दोलनलाई विभाजन गरेको केपीओलीको कदमको विरुद्ध शसक्त रुपमा अघि बढ्ने बताए थिए । प्रशिक्षणमा सहभागी हुन गाँउ गाँउबाट कार्यकर्ता सदरमुकाम आएका थिए ।  

प्रकाशित: १३ माघ २०७७ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App