६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट विचलित भए : माधव नेपाल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली विचलित भएको आरोप लगाएका छन्। संसद् विघटनविरुद्ध नागरिक संगठनहरूले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा नेता नेपालले लोकतन्त्रका आधारभूत मूल्यमान्यता ओली विचलित भएको बताएका हुन्।

उनले संसद विघटन संविधानको मर्म विपरीत भएको र त्यसलाई जोगाउन  संघर्ष गर्नुपरेको बताए। प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजेको उनको दाबी छ।  

नेता नेपालले बहुमत केन्द्रीय कमिटी सदस्यहरु आफूहरुतिर भएकाले आधिकारिका पार्टी आफू नेतृत्वको नेकपा हुने दाबी गरे। आज निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेको जनाउँदै उनले आयोगबाट स्वतन्त्र ढङ्गले निर्णय हुने विश्वास व्यक्त गरे।

सम्बोधनका क्रममा उनले संसद् विघटनविरूद्ध नागरिक समाजसहित सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताएका थिए।

प्रकाशित: २७ पुस २०७७ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App