१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुखर्जीको पुस्तकमा दाबी : राजा त्रिभुवनको नेपाललाई भारतमा गाभ्ने आग्रह नेहरुले मानेन्

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको नयाँ पुस्तक 'द प्रेसिडेन्सियल इयर्स' मा नेपाललाई भारतको एक प्रदेश बनाउन तत्कालिन राजा त्रिभुवनले गरेको आग्रहलाई जवाहलाल नेहरुले अस्वीकार गरेको खुलासा गरेका छन्।

मुखर्जीको  ३१ अगस्ट २०२० कोरोनाका कारण मृत्यु भएको थियो। मृत्यु पछि उनको पुस्तक 'द प्रेसिडेन्सियल इयर्स' मंगलबार सार्वजनिक भएको छ। बेला बेला यो विषय चर्चा हुने भए पनि पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो पुस्तकमै उल्लेख गरेका हुन्।

पुस्तकको ११ औं अध्याय "माई प्राइम मिनिस्टर: डिफरेन्ट स्टाइल्स्, डिफरेन्ट टेम्परमेन्टस" मा उनले लेखेका छन्,'नेहरुको ठाउँमा इन्दिरा गान्धी भएको भए नेपाल भारतमा विलय भइसकेको हुन्थ्यो। उनले नेपाललाई सिक्मलाई जस्तो बनाउने थिइन्।'

नेहरुले नेपालसँग निकै चतुर्याइपूर्ण कुटनीतिक सम्वन्ध राखेको उनले पुस्तकमा उल्लेख गरेका छन्। राणा शासनको अन्त्य पछि प्रजातन्त्रको जरालाई बलियो बनाउन राजसंस्थाको भूमिका रहेको बताउँदै उनले पुस्तकमा भनेका छन्,'रोचक कुरा के भने उनै त्रिभुवनले नेपाललाई भारतको एक प्रान्त बनाउन नेहरुलाई आग्रह गरे।'तर नेहरुले यो प्रस्तावलाई अस्वीकार गर्दै नेपाल एक स्वतन्त्र देश भएको र स्वतन्त्रनै हुनुपर्ने बताए। बताएको पुस्तकमा मुखर्जीले लेखेका छन्।  

इन्दिरा गान्धी त्यो ठाउँमा भएको भए अवसरलाई नगुमाउने उनले उल्लेख गरेका छन्।

 

 

प्रकाशित: २२ पुस २०७७ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App