५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा नेतृ झाँक्रीको चिन्ता : यो विभाजनले के हुन्छ भन्न सकिन्न

नेतृ रामकुमारी झाँक्री

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीको विभाजनले गणतन्त्र नै खोसिन सक्ने आशंका व्यक्त गरेकी छन्।  

२०५४ सालमा पार्टी विभाजन हुँदा २०४६ सालको जनआन्दोलनको उपलिब्ध नै खोसिएको स्मरण गर्दैै नेतृ झाँक्रीले अहिले नेकपाको विभाजनले पनि त्यस्तै संकट ल्याउन सक्ने चिन्ता व्यक्त गरेकी हुन्।  

‘पार्टी विभाजनको पीडा कति हुन्छ हामीलाई थाहा छ। ०५४ सालमा हाम्रो पार्टी विभाजनले समग्र लोकतन्त्रमाथि नै प्रहार भयो। ०४६ सालको जनआन्दोलमको उपलब्धि खोसियो। फेरि लड्यौं गणतन्त्र ल्यायौं,’ झाँक्रीले सामाजिक सञ्जालमार्फत शंका व्यक्त गरेकी छन्, ‘यो विभाजनले के हुन्छ भन्न सकिन्न। हाम्रो पीडामा मजाक गर्ने जो कोहीप्रति म सामान्य ढंगले पेस हुन सकिनँ।’

प्रकाशित: १३ पुस २०७७ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App