२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली समूहले गर्‍याे प्रचण्डलाई कारबाही, कार्यकारी अध्यक्षबाट हटायो

सत्तारूढ दल नेकपाको ओली समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षबाट हटाएको छ।  

बिहीबार प्रधानमन्त्री निवास (बालुवाटार) मा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताविरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रचण्डलाई पदबाट हटाएर कारबाही गरेको हो।

ओली समूहका एक केन्द्रीय सदस्यका अनुसार पार्टी एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी पाए पनि प्रचण्डले ‘काममा ध्यान नदिएका’ले कारबाही गरिएको हो।  

प्रचण्ड-नेपाल पक्षले भने ओलीलाई यसअघि नै अनुशासनको कारबाही भन्दै अध्यक्षबाट हटाइसकेको छ। 

संसद् विघटनयता नेकपाका दुई पक्षले अलग अलग बैठक गरिरहेका छन् र एकअर्कालाई आरोप लगाउँदै कारबाही गरिरहेका छन्।  

प्रकाशित: ९ पुस २०७७ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App