२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा स्थायी कमिटीको बैठक सकियो, अर्को बैठक २८ गते बस्ने

आइतबार बसेको सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक फेरि  मंसिर २८ गते बस्ने गरी सकिएको छ।  

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु बैठक एक हप्तासम्मका लागि स्थगित गरिएको हो। 

आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेका गरेका अलग अलग प्रस्ताव पेस गरिएको थियो।  

स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको ती प्रस्ताव अध्ययनका लागि एक हप्ताको समय दिइएको हो। अब अर्काे बैठक २८ गते बस्ने नेकपा नेताहरूले बताएका छन्।  

बैठकमा प्रधानमन्त्री ओली भने सहभागि भएका थिएनन्। उनले बैठकलाई सम्बोधन पत्र भने पठाएका थिए। जुन पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए।

पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएका छन्। अर्थात् अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव छलफलका लागि योग्‍य नभएको भन्दै फिर्ता हुनुपर्ने अडान राखेका हुन्।  

प्रकाशित: २१ मंसिर २०७७ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App