१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको घुन्सा आउने दोस्रो पटकको कार्यतालिका पनि स्थगित

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने गरी तय भएको दोस्रो पटकको तालिका पनि स्थगित भएको छ। 

मंसिर ७ गते आइतवार आउने गरी तय भएको कार्यक्रम स्थगित भएको युवासंघका केन्द्रीय नेता क्षितिज थेबेले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) १ नं प्रदेश संसदीय दलका उपनेता टंक आङ्बुहाङले कार्यक्रम स्थगित भएको जानकारी आफुहरुले पाएकोले शुक्रवार बिहान घुन्सातर्फ प्रस्थान गर्ने कार्यक्रम स्थगित गरेको जानकारी दिए। 

यसअघि मंसिर ५ गते आउने गरी तय भएको प्रधानमन्त्री ओलीको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो। दोस्रो पटक मंसिर ७ गतेका लागि तय भएको कार्यक्रम बारे बिहीबार मध्यान्ह जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहितको टोली बिहीबार अपारन्ह नै घुन्सातर्फ प्रस्थान गरेको थियो। 

टोली फक्तालुङ गाउँपालिकाको तापोथोक स्थित रानी पुल पुगेको छ। पूर्व सांसद,प्रदेश सांसद,जिल्ला समन्वय प्रमुख र फुङ्लिङ नगरपालिकाका प्रमुख सहितको टोली भने यसअघि नै घुन्सातर्फ प्रस्थान गरिसकेको छ। 

घुन्सा फउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन,हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउने कार्यक्रम तय भएको थियो।

प्रकाशित: ५ मंसिर २०७७ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App