१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा अब तीन दल मात्र

संसद्मा राष्ट्रियमान्यता प्राप्त तीन दल मात्र कायम भएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भई जनता समाजवादी पार्टी बनेको जानकारी संसद्मा आएपछि अब नेकपा, कांग्रेस र जसपा गरी तीन दल राष्ट्रिय पार्टीका रूपमा संसद्मा रहने भएका हुन्। संसद्मा एक सिट भएका दल चारवटा रुपमा छन्। संसद् सचिवालयले एकीकृत समाजवादी पार्टीलाई संसदीय दलको कार्यालय एउटा मात्र दिने तयारी गरेको छ।  

निर्वाचन आयोगबाट असार २४ गते राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा (४) बमोजिम राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एक आपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गरेका थिए। निर्वाचन आयोगले त्यसको जानकारी शुक्रबार संघीय संसद् सचिवालयमा पठाएको थियो। २०१६, २०४८, २०५६, २०६४, २०७० सालमा भन्दा २०७४ को संसद्मा प्रतिनिधित्व गर्ने दल कम भएका छन्। २०१६ सालको निर्वाचनमा७राष्ट्रिय र ४ स्वतन्त्र दलसंसद्मा आएका थिए भने  २०४८ सालमा ५ राष्ट्रिय २ स्वतन्त्र दल संसद्मा आए। २०५६ सालमा ७दल आए तर पहिलो संविधानसभा  र दोस्रो संविधानसभामा दलको संख्या निकै धेरै आयो। पहिलो संविधानसभामा २५ दल थिए भने दोस्रो संविधानसभामा ३० दल थिए। २०७४ सालमा भने चार दलले राष्ट्रिय मान्यता पाएकोमा दल एकीकरण भएपछि अब तीनओटा दल मात्र राष्ट्रिय दल बनेका हुन्।  

कांग्रेस सांसद्को शपथ  

नेपाली कांग्रेसकी समानुपातिकतर्फ निर्वाचित सांसद सुवर्ण ज्वारचनलेआइतबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटाले संघीय संसद् सचिवालयमा शपथ गराएका हुन्।कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधन भएपछि समानुपातिकतर्फ सांसद पद रिक्त भएको थियो। कांग्रेस राजनीतिक दलको केन्द्रीय कार्यसमितिको असार २२ गते ज्वारचनलाई सांसद बनाएको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसंख्या ५९ को र आदिवासी जनजाती समावेशी समूहको प्राथमिकता क्रम ६ मा रहेकी सुवर्ण ज्वारचन गुल्मी जिल्लाकी हुन्।निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ज्ञानकुमारीपछि ज्वारचनको नाम थियो।

प्रकाशित: ५ श्रावण २०७७ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App