७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

युवा संघद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

क्याप्शन

 राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै संघीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका हुन् ।    

‘सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताविरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो संगठनको ठहर रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।           

संघले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ । संघले सांसद गिरीको संघीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबाही अघि नबढाए आफ्नो संगठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ ।           

यस्तै, युवा संघले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाई फार्ममा घटेका वीभत्स घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीउपर कारबही गर्नसमेत माग गरेको छ । यसैगरी, अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणमा अस्पतालको असंवेदनशीलता र राज्यको उत्तरदायित्वमाथि प्रश्न उठेको संघले जनाएको छ । संघले अस्पताल प्रशासनमाथि छानबिन गर्न र आउजीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेको छ ।  

प्रकाशित: २८ जेष्ठ २०७७ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App