१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुरक्षण मुद्रण खरिद प्रक्रिया पारदर्शी हुन्छ: खतिवडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सुरक्षण मुद्रण खरिद प्रक्रियालाई पारदर्शी बनाइने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री डा. खतिवडाले लामो समयदेखि मुलुकको आफ्नै सुरक्षण मुद्रण आवश्यक रहेको महसुस भएका बेला आगामी आर्थिक वर्षको बजेटमा सो प्रेसका लागि भवन र पूर्वाधारका विषय मात्रै बजेट विनियोजन गरिएको प्रस्ट पारे ।     

उनले भवन निर्माणसँगै आगामी आवमा सुरक्षण मुद्रणको खरिदका लागि प्रक्रिया प्रारम्भ हुने तथा त्यो पारदर्शी र अन्तरराट्रिय प्रतिस्पर्धायुक्त हुने विश्वास दिलाए । उनले भने, ‘दातृ निकाय वा ऋणबाट नभई नेपाल सरकारको आफ्नै स्रोतबाट बजेट परिचालन गरिनेछ ।’          

साइबर अपराध नियन्त्रणका विषयमा जवाफ दिँदै मन्त्री डा. खतिवडाले सञ्चार मन्त्रालयसहित सूचना प्रविधि केन्द्र र नेपाल दूरसञ्चार प्राधिकरणको सहभागितामा साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरिएको जानकारी दिए । सेवा प्रदायक संस्था र नियामक निकायले आफ्नै बजेट प्रणालीबाट यो कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।      

सामाजिक सञ्जालबाट हुने व्यक्तिको चरित्रहत्या रोक्न सरकारले ध्यान दिने र संसद्मा विचाराधीन कानून आए पनि त्यो थप व्यवस्थित हुने बताए । विज्ञापनको समन्यायिक वितरणका लागि विज्ञापन बोर्ड गठन भइसकेपछि सबै काम निश्चित मापदण्ड र वितरण प्रणालीमार्फत हुने उनले प्रस्ट्याए ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App