७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोहन वैद्यको आरोप : सरकारले एमसीसी चोर दुलोबाट पास गराउन खोज्यो

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई सरकारले चोर दुलोबाट पारित गराउन खोजेको आरोप लगाएका छन्।  

सरकारले एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० के. भी. प्रसारण लाइनको निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वाट पारित गराउन खोजेको उनले बताएका छन्।  

उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुर्याईउने एमसीसी संझौतालाई स्वीकृति दिने गरी सरकारको नीति तथा कार्यक्रमलाई पारित नगर्न सांसदहरुलाई आगह्र समेत गरेका छन्। यस कामलाई सरकारको षडयन्त्रकारी तथा राष्ट्रघाती कदम भन्दै वैद्यले यसलाई असफल तुल्याउन चारैतिरबाट दवाव सृष्टि गर्न आग्रह समेत गरेका छन्।  

सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेतलाई समेटी नयाँ नक्सा बनाएर सार्वजनिक गरेकोमा भने धन्यवाद दिएका छन्। 'यसलाई देशभक्त नेपाली जनता, प्रवुद्ध वुद्धिजीवि तथा सहयोगी मित्रहरु र हाम्रो पार्टीद्वारा निरन्तर सञ्चालन गरिंदै आएका सङ्घर्षको प्रतिफलका रुपमा ग्रहण गर्दछ', वैद्यले भनेका छन्। साथै सो निर्णयको दृढ कार्यान्वयन गर्न, भारतीय सुरक्षा फोर्सलाई कालापानी क्षेत्रबाट हटाउन, सो क्षेत्रमा बाटो निर्माण कार्यलाई रोक्न र नेपाली सुरक्षा पोस्टहरु राख्न सरकारसंग माग गरेका छन्। जारी  नक्सामा मिले नमिलेका विषयबारे सो नक्सा हेरे पछि आवश्यक अभिमत दिने उनले बताएका छन्।

 

 

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App