२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चोर बाटोबाट एमसीसी पारित गर्न खोजियोः भीम रावल

फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन्। प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताए।

एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापतिले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धीसँग जोडे। उनले भने, ‘एमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ। नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ भनेर। उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो। १०—१० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थियो। न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो। मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्ल्ेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन्। यदि भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ। जनताले आवाज उठाउँदै आएको कुराको विपरित हुनेछ।’’

नेता रावलले अन्तरदेशिय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानूनमै नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताऐ। उनले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडि नबढाउनेमा विश्वास व्यक्त गरे।

रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए। विश्वमहामारीबाट जोखिनुपर्ने अवस्थामा राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सुक्षातर्फ त्यतीकै गम्भिर भएर लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए।

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App