२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप

फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन्। सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाए।

राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको अरोप उनले बताए। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भने, ‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे। मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे गरे। राहत भूकम्पको बेलामा बाँडने हो। राहत बाढी पीडित भएको बेलामा बाँडने हो। अहिलेको राहत स्थानीय सरकारले बाँडने अरुले बाँडने होइन्। स्थानीय सरकारको पनि वडाध्यक्षले बाँडने हो। वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो।’’

राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागु गर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए। अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पु-याउनुको सट्टा गफ गरेर नहुने उनले बताए। त्यसका लागि कानून निर्माण आवश्यक रहेको उनले बताए।

भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताए। संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उनले बताए।

उनले भने, ‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पा¥यै ग¥यो। यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने। यो गजबको भयो। कहिले संविधान जारी गर्न पाइदैन भनेर उफ्रिन्छन कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दिको हैरानी बनाएर थप तहस नहस पार्न खोज्छन, कहिले कोरोना ग्रस्त भएको बेलामा सीमामा मनलाग्दी काम गरेको हल्ला खल्ला प्रचार गर्दै काम गर्छन।’’

प्रकाशित: ३१ वैशाख २०७७ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App