२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

यो वर्ष जुम्ली घोडा दौड गुठिचौरमा हुने

कर्णाली खेलकुद क्लब जुम्लाले सातौँ घोडा दौड गुठीचौरमा गर्ने भएको छ। फुलपातीको दिन घोडा दौड प्रतियोगिता गरिने भएको हो। पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि घोडा दौड प्रतियोगिता गरिएको कर्णाली खेलकुद क्लबका उपाध्यक्ष डाक्टर नविन थापाले बताए।

गुठीचौर युवा क्लब र कर्णाली खेलकुद क्लबको आयोजना तथा गुठीचौर गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रायोजकमा घोडा दौड प्रतियोगिता हुने छ।

आइतबार पत्रकार भेटघाटमार्फत गुठीचौरमा घोडा दौड हुने जानकारी गराइएको हो। घोडा दौडमा प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रूपैयाँ नगद राशि पुरस्कार प्रदान गरिने डाक्टर थापाले बताए।

 उनका अनुसार, घोडालाई दाना, मालिकलाई खाना र सम्मानपत्र समेत प्रदान गरिने छ। हालसम्म ३० घोडापालक किसानहरू सम्पर्कमा छन्। ७० जति घोडा प्रतियोगितामा दौडिने अनुमान गरिएको गरिएको छ।

विगतमा जुम्ला सदरमुकामको राजासिममा घोडा दौडाउने गरिएको र हाल उक्त स्थानमा रंगशाला निर्माण भइरहेको हुनाले दिगो रूपमा घोडा दौड गर्न गुठीचौर क्षेत्रलाई छनोट गरिएको हो।

जुम्ली घोडाको पहिचान भारत र चीन लगायतका देशसम्म रहेकाले यसको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिएको कर्णाली स्पोर्ट क्लबले जनाएको छ।

२०५४ सालभन्दा अगािड हरेक वर्ष जुम्ली घोडाबीच सरकारी तवरबाटै प्रतिस्पर्धा गराइने भए पनि जुम्ला विमानस्थल कालोपत्रे भएसँगै घोडा दौड प्रतियोगिता बन्द भएको थियो।

मौलिक परम्परा र पहिचानको प्रचारप्रसार गर्न घोडा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। घोडा दौडमा गुठीचौरले १ लाख र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले १ लाख रूपैयाँ बराबर सहयोग गर्ने आयोजनक कर्णाली खेलकुद क्लबले जनाएको छ।  

प्रकाशित: २२ आश्विन २०८१ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App