५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विवादित दुई अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौं- सरकारले ल्याएका विवादास्पद दुई अध्यादेश खारेज भएका छन्।  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र  राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज भएका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। सरकारले बैशाख ८ गते यि दुई अध्यादेश जारी गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका दुई निर्णयको पार्टी भित्र र बाहिर तीब्र विरोध भएको थियो। अध्यादेशले देशमा राजनीतिक अस्थिरता हुने भन्दै विरोध भएका थिए। अध्यादेश जारी भएसँगै समाजवादी पार्टी विभाजनको प्रयास समेत भयो। समाजवादी विभाजनको लागि स्वयम प्रधानमन्त्री लागि परेको आरोप लागेको छ। विभाजनको लागि सप्तरीबाट समाजवादीका सांसदलाई अपहरण शैलीमा काठमाडौं समेत ल्याइयो। त्यसमा प्रधानमन्त्री निकट सांसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संलग्न देखिए। तर समाजवादी विभाजन नभइ राजपासँग एकता हुन पुग्यो।

 

प्रकाशित: १२ वैशाख २०७७ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App