२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

'नवउदारवादसँग लड्न नसक्ने कम्युनिस्ट हुँदैन'

खोटाङ – कम्युनिस्ट नेता विश्वभक्त दुलाल ‘आहुती’ले नवउदारवादसँग लड्न नसक्ने सच्चा कम्युनिस्ट हुन नसक्ने बताएका छन्। खोटाङको दिक्तेलमा शनिबार आयोजित अन्तरक्रीया कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनले सही मार्ग समात्न नसकेको बताए। ‘नवउदारवाद अर्थतन्त्र मौलाउँदो छ। त्यही नवउदारवादलाई कम्युनिस्टले पनि प्रवद्र्धन गरिरहेको छ,’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक रहेका आहुतीले प्रश्न गरे, ‘साम्राज्यवादीसँग नलड्ने पनि कहीँ कम्युनिस्ट हुन्छ ? संवृद्धि भन्ने नारा झुटको खेती हो। नवउदारवादबाट कहिल्यै समाजवादमा पुग्न सकिन्न।’

उनले नेपालका कम्युनिस्ट आन्दोलनको रणनीति परिवर्तनको खाँचो औल्याए। चरित्रको हिसाबले नेपालका कम्युनिस्ट सही अर्थमा कम्युनिस्ट नभएको उनको भनाइ थियो। ‘धेरै विषयमा नेपाली कम्युनिस्ट आन्दोलन अस्पष्ट छ। केका लागि लड्ने भन्ने विषय भन्न सक्नुपर्छ,’ उनले भने, ‘राजाको समयमा राजासँग लड्छौँ भन्दा सुहाउँथ्यो। सामान्तीसँग लड्यौं भन्दा सुहाउँथ्यो। अवको आन्दोलन के का लागि हो भन्ने प्रष्ट छैन।’ उनले अहिलेका नेपाली कम्यूनिष्ट दलाल पुँजीवाद विरुद्ध लड्न नसकेको आरोप लगाए।

पूर्वसांसद टंक राईले नेपाली कम्युनिस्टको साम्यवादी दिशामा जाने धरातल कमजोर बनेको बताए। उनले सिद्धान्तमा भन्दा पनि स्वार्थलाई केन्द्रमा राखेर शक्ति आर्जनका लागि कम्युनिस्ट मिलेको उल्लेख गरे। ‘हामी आदर्श भएर प्रस्तुत हुन सकेनौँ। बाहिर एउटाभित्र अर्कै चरित्र भएको पाखण्डी बन्यौँ,’ राईले भने, ‘आगामी दिनमा भावी पुस्ताले लिने विचारले कम्युनिस्ट आन्दोलनको भविष्य निर्धारण गर्ने देखिन्छ।’

प्रकाशित: २७ माघ २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App