४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाले चयन गर्‍यो राष्ट्रियसभा उम्मेदवार, यी हुन् सिफारिसमा परेका नारायणकाजीसहितका १६ जना

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रिसभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ। त्यसै प्रदेश दुईमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ।

प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र  अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ। त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन्।

सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते मनोनयन हुँदैछ।

प्रकाशित: १८ पुस २०७६ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App