४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

गोकर्ण र नारायणहिटी जग्गाबारे सदनलाई जानकारी गराउन सत्तारुढ संसदको माग

काठमाडौं– सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसंग माग गरेका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने बताए।

‘खास गरी गोकर्ण रिसोर्ट र नारायणहिटी संग्राहलय अगाडी दरबारमार्गमा रहेको जग्गाको भोगाधिकार सम्बन्धी विषय आलोचनाको रुपमा बाहिर आएको छ’ उनले भने, ‘आलोचना र विवाद बाहिर आईसकेपछि सरकारले स्पष्ट पार्नु पर्छ।’

 यता नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले सुगौलि सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका छन्।

उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन पनि सरकारसंग माग गरे।

त्यस्तै समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताए। 

प्रकाशित: ७ पुस २०७६ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App