८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल मुजाहिद्दिनको क्रिडास्थल : अमेरिकी

काठमाडौं – संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बरभूमि भएको उल्लेख छ। मुजाहिद्दिन मुस्लिम समुदाय निकट आतंकवादी समूह हो। यसले भारतमा दर्जनौं पटक बम हमला गर्दा सयौं नागरिकको ज्यान गएको प्रतिवेदनमा उल्ले छ।

मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैस–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको प्रवितदेनमा उल्लेख छ। ‘भारतीय मुजाहिद्दिन (आइएम) को लक्ष्य भनेको भारतीयमाथि कारबाही गर्नु रहेको छ। मुसलमानमाथि भारतमा भएको दमनको बदला लिनु उसको लक्ष्य हो। यसका लागि आइएमले नेपालमा आफ्नो अपरेसनको क्षेत्र विस्तार गरेको छ। नेपाल अहिले आइएमका लागि सबैभन्दा ठूलो केन्द्र हो’, प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा सन् २०१८ मा नेपालमा संघीय र स्थानीय निर्वाचनका क्रममा छिटपुट घरेलु घटना भए पनि अन्तर्राष्ट्रिय आतंकवादी घटना भने नभएको लेखिएको छ। स–सना घटनामा नेत्रविक्रम चन्द (विप्लव) समूहको हात रहेको भन्दै प्रतिवेदनमा नेपाली सुरक्षा निकायले अनुगमन गरिरहेको पनि उल्लेख छ। नेपाल–भारत खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा सतर्कताका कारणले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहको केन्द्रविन्दु बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०७६ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App