७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख हटाउने निर्णय पूर्वाग्रही र आचारसंहिता विपरितः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा आपत्ति जनाएको छ। प्रदेश प्रमुख हटाउनु राजनीतिक पूर्वाग्रहपूर्ण निर्णय भन्दै यसले सहमतिको राजनीति विथोल्ने कांग्रेसको ठहर छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ७ वटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्। सरकारको यो निर्णयमा प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको पूर्वसन्ध्यामा प्रदेश प्रमुखलाई पदबाट हटाउनु आचारसंहिता विपरित भएको बताएका छन्। 

ट्वीटरमार्फत सरकारको निर्णय चार कारणले गलत भएको उनले प्रतिक्रिया जनाएका छन्। ‘१) समयको प्राथमिकता अर्कै, सरकारको ध्यान अर्कैतिर। २) जरुरी समीक्षा बेगरै पूर्वाग्रहपूर्ण निर्णय। ३) सहमतिको राजनीति थप बिथोल्ने यत्न। ४) निर्वाचन आचारसंहिताको नैतिक हेक्का राखिएन।’

यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने संविधानअनुसार नै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको र छिट्टै नयाँ प्रमुख नियुक्त गरिने जानकारी दिए।  

प्रकाशित: १७ कार्तिक २०७६ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App