२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अनेरास्ववियूद्वारा प्रहरी ज्यादतीबारे गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संयोजक ऐन महरसहितको टोलीलाई ज्यादतीपुर्ण ढंगले कुटपिट गरेकोमा घटना संलग्न प्रहरी अधिकारीलाई कार्वाही गर्न माग गरेका छन्।

शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटी ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण टोलीमा तामाङसहित अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, आरसी लामिछाने र समिक वडाल उपस्थित थिए।

गृहमन्त्री थापाले घटनाको छानबिन गरी दोषी देखिएमा आन्तरिक कार्वाही गर्ने बताएको प्रतिनिधि मण्डलमा रहेका अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले बताए।

बुधधबार एमबिबिएसको प्रवेश परीक्षा प्रकरणमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई भेट्न पुगेका अनेरास्ववियूका संयोजक ऐन महर, सुदेश पराजुली ,समिक वडाल लगायतलाई प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरी घाइते बनाएको थियो।

प्रकाशित: २० भाद्र २०७६ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App