२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटन मन्त्रीकाे एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केही महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। 

मन्त्री भट्टराईले आगामी ६ महिनाभित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पूर्व शर्तहरु पुरा गर्ने योजना बनाएका छन्। मन्त्री भट्टराईले सार्वजनिक गरेको यो योजना आगामी फेबु्रअरी अर्थात् भ्रमण वर्ष सुरु भैसकेको अवस्थामा पुरा हुने छ।

यस्तै मन्त्री भट्टराईले अगाडि सारेको अर्को महत्वपूर्ण योजना भनेको २०२० को मार्चमा गर्ने योजना बनाइएको टुरिजम इन्भेस्टमेन्ट समिट हो। नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला यो सम्मेलनको आयोजना गर्नु चुनौती पूर्ण पनि छ।  

मन्त्री भट्टराईले सार्वजनिक गरेको अर्को महत्वपूर्ण योजना भनेको ७० वर्षमाथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने कार्यक्रम ३ महिनाभित्र लागु गर्ने योजना पनि हो।

मन्त्री भट्टराईले सार्वजनिक गरेका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भए पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठुलो फड्को मार्ने विश्लेषकहरुले बताएका छन्।

प्रकाशित: ९ भाद्र २०७६ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App