खेल
राजनीति
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन
काठमाडौं- सरकारले ल्याउने तयारी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरु खारेजीको माग राख्दै कार्टुनिष्टहरुले प्रदर्शन गरेका छन्। बसन्तपुर डवलीमा आयोजित कार्यक्रममा कविहरु कविता बाचन समेत गरेका थिए। उनीहरुले प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरे।
नेपाल पत्रकार महासंघको आयोजनामा उक्त प्रदर्शन तथा कविता बाचन भएको हो। महासंघ अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक विरुद्धको तेस्रो चरणको आन्दोलनमा रहेको छ।
कार्यक्रममा कार्यक्रममा कविहरु महेन्द्र थुलुङ राई, कलानिधि दाहाल, नारायण सापकोटा, बालकृष्ण लम्साल, श्रवण मुकारुङ, मातृका पोखरेल, विमला तुम्खेवा लगायतले कविता वाचन गरेका थिए।
तस्बिर : दिपेश श्रेष्ठ
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%