२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

नेपालगञ्ज- राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आएकी छिन्। उनी अपराह्न साढे  २ बजे नेपालगञ्ज विमानस्थलमा आइपुगेको राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिइन। राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बसेकी छिन्।

साँझ साढे ५ बजे यहाँस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ। पहिलो पटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुसलमान समुदाय हर्षित भएको मुस्लिम समाज बाँकेका संयोजक अब्दुलवाहिद मन्सुरीले जानकारी दिइन।

राष्ट्रपतिको सचिवालयका उपसचिव शर्माका अनुसार राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुनेछिन्।

राष्ट्रपति भण्डारी नेपालगञ्ज आएसँगै सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। रासस

प्रकाशित: २१ जेष्ठ २०७६ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App